आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू

बुधबार, २१ पुस २०७८, १० : ०७
बुधबार, २१ पुस २०७८

भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कर्नाटकमा सप्ताहान्तमा कर्फ्यू घोषणा गरिएको हो । 

कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यू भने यथावत् नै छ ।

कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ । यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।  तर, सङ्क्रमण झन् बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहान्तमा कर्फ्यू  लगाइने घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप