कुपण्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
बुधबार, २१ पुस २०७८, ०९ : ४५
ललितपुरको कुपण्डोलमा गएराति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको भने अर्का एक जना भने घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा९५प ५३३४ नम्बरको मोटरसाइकल गएराति सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान तीन बजे पाटन अस्पतालमा मृत्यु भएको हो । महाशाखाका अनुसार मोटरसाइकल चालकको भने महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधीको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधीको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो