उत्तर कोरियाद्वारा अज्ञात मिसाइल प्रहार, नयाँ वर्षको पहिलो परीक्षण

उत्तर कोरियाले समुद्रमा एक अज्ञात मिसाइल प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ । जापानको कोस्ट गार्डले सबैभन्दा पहिले यसबारे जानकारी दिएको थियो । सो बालिस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ थियो । यसबारे पुष्टि हुन भने बाँकी रहेको छ ।
संयुक्त राष्ट्रले उत्तर कोरियामाथि कुनै पनि बालिस्टिक या परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । यदि यो पुष्टि भयो भने उत्तर कोरियाको वर्षको पहिलो क्षेप्यास्त्र प्रहार हुनेछ । केही दिनअघि मात्र किम जोङ उनले कोरियाली प्रायद्वीपमा बढ्दो अस्थिर सैन्य वातावरणको कारण उत्तर कोरियाले आफ्नो रक्षा क्षमता मजबुत बनाउन जारी राख्ने बताएका थिए । गत वर्षको आफ्नो पार्टीको अन्तिम बैठकमा उनले सो कुरा बताएका थिए ।
जेसीएसले आफ्नो बयानमा भनेको छ, ‘दक्षिण कोरियाली र अमेरिकी गुप्तचर विभागले विस्तृत जानकारीका लागि यसको सूक्ष्म विश्लेषण गरिरहेको छ । सन् २०२१ देखि नै उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रम विस्तार जारी राखेको छ । उत्तर कोरियाको मिडियाले यसमा हाइपरसोनिक मिसाइल, ट्रेनमा आधारित बालिस्टिक मिसाइल र एउटा नयाँ लामो दुरीको क्रुज मिसाइल परीक्षण शामेल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवामा विश्वशान्तिको कामना गर्दै मनाइयो हनुमान् जयन्ती
-
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
-
प्रकृति
-
तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमा : बौद्धमा बत्ती बालेर बालाजुमा स्नान
-
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
-
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन्, राजदूतले भेट्दा कुरा भएको हो : देउवा