आणविक युद्ध अन्त्य गर्ने पाँच शक्तिाशाली देशको प्रतिबद्धता
बुधबार, २१ पुस २०७८, ०८ : २६
![आणविक युद्ध अन्त्य गर्ने पाँच शक्तिाशाली देशको प्रतिबद्धता](https://rpcdn.ratopati.com/media/albums/nuclear_Lnn1E3t87n.jpg)
पाँच ओटा आणविक सम्पन्न देशहरुले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा संयुक्त विज्ञेप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
रुसी प्रशासन क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार प्रतिबद्ध जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचासमेत गरेका छन् ।
सुरक्षित वातावरण सृजना गर्न सबै देशहरुसँग काम गर्न चाहेको बताएका छन् । ‘आणविक युद्ध हुनु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा हामी दृढ छौं,’ ती देशहरुले संयुक्त विज्ञप्तिमा भनेका छन् । अस्थित्वमा रहेका आणविक हतियार रक्षात्मक कार्यमा प्रयोग गर्न सकिने भने ती देशको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली