यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।
बुधबार देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ
-
१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार
-
वार्षिक १० हजार जनालाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र