व्यवस्थापन संकायमा स्नातकोत्तर टपेका खरेल नेपाल बैंकबाट सम्मानित
नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) टपेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिवि केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपूरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीमध्ये खरेल सर्वोत्कृष्ट भएका हुन् ।
खरेललाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्णपदक’ प्रदान गरेका हुन् । वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँ अक्षयकोष राखी शुरू भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई प्रत्येक वर्ष दीक्षान्त समारोह अवसरमा प्रदान गरिन्छ ।
नेपाल बैंकले खरेललाई बैंक प्रधान कार्यालयमै एक कार्यक्रम आयोजना गरेर पनि बधाई दिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले पदक विजेता खरेललाई बधाई ज्ञापन तथा सम्मान व्यक्त गरेका हुन् ।
अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंक लिमिटेडको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना दिए । पदक विजेता विद्यार्थी खरेलले स्वर्णपदक प्रदान गरेकोमा नेपाल बैंकप्रति आभार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन
-
अवरुद्ध यातायात सहज बनाउन मन्त्री दाहालको निर्देशन
-
अतिकम विकसित देशहरुलाई सहयोग गर्न जी ७७ र चीनलाई परराष्ट्रमन्त्री राणाको आग्रह
-
दसौँ राष्ट्रिय खेलकुदको विषयमा मुख्यमन्त्रीले नालायकीपन प्रदर्शन गर्नुभयो : शर्मा
-
सप्तकोशीमा हाइ रेड अलर्ट जारी, पानीको बहाव ६ लाख क्यूसेक