सेवानिवृत्त शिक्षकका लागि पुस्तकालय खोल्छौँ – शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सेवानिवृत्त शिक्षकका लागि पुस्तकालयको स्थापना गरी त्यसको व्यवस्थापन गर्ने बताएका छन् । बागलुङको बलेवामा रहेको गणेश माविको आज ४१ औँ वार्षिकोत्सव मूल समारोहमा मन्त्री पौडेलले निरन्तर सेवामा रहेका शिक्षकको समय सेवानिवृत्तपश्चात् कठिनाइ हुने हुँदा त्यसको व्यवस्थापनका निम्ति पुस्तकालय आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नोतर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो गृहजिल्ला बागलुङ र बलेवा क्षेत्रको शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले सामुदायिक विद्यालयको संस्थागत विकासका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताए । उनले जिल्लामै उत्कृष्ट विद्यालयका रूपमा रहेको गणेश माविको अझै सफलताको कामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे