नारायणहिटी प्रकरणमा योगेशले भने–म मन्त्री हुनुपूर्व नै कफी हाउस बनिसकेको थियो
एमाले सचिव योगेश भट्टराईले आफू मन्त्री हुनुअघि नै नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस बनिसकेको बताएका छन् । नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन स्वीकृति दिएको विषयमा पूर्व पर्यटनमन्त्री भट्टराई समेतको नाम जोडिएपछि उनले यस्तो दावी गरेका हुन् ।
‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनाैती दिन्छु’, उनले सामाजिक सञ्जालमार्फत नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट बनाउने सम्बन्धी कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै भनेका छन्, ‘स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’
उनले आफ्नो संलग्नता नरहेको कामप्रति आफ्नो जवाफदेहीता नरहने पनि उल्लेख गरेका छन् । यस विषयमा विभिन्न टिकाटिप्पणी भएपछि पर्यटनमन्त्री प्रेम आलेले मंगलबार नै नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका थिए ।
मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालनमा विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको हो । समितिले बि. म्यानेजमेन्ट प्रालिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
