आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘एसियन सेन्ट्रल जोन’ उपाधि विजेता खेलाडीलाई प्रदेश सरकारको सम्मान

मङ्गलबार, २० पुस २०७८, १९ : ४२
मङ्गलबार, २० पुस २०७८

पोखरा । गण्डकी प्रदेश सरकारले खेलाडीलाई सम्मान गरेको छ । गत साता बङ्गलादेशमा सम्पन्न ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’ को उपाधि विजेता नेपाली टोलीका चार खेलाडीलाई नगद सहित सम्मान गरेको हो । मंगलबार युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी उपाधि जित्ने खेलाडीलाई नगद जनही ५० हजार र प्रशंसा पत्रले सम्मान गरेको हो ।

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ र परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, लगायतले खेलाडीलाई नगद, प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् । पुरस्कृत हुने खेलाडीमा राष्ट्रिय टोलीका कप्तान अरुणा शाही (म्याग्दी), सोफिया पुन (बाग्लुङ), उषा भण्डारी (तनहुँ) र शान्ति कुमारी थारु (नवलपरासी) रहेका छन् । 

नेपाली महिला भलिबल टोलीले गत साता बङ्गलादेशमा भएको प्रतियोगिताको फाइनलमा उज्बेकिस्तानलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।सन् २०१९ मा सम्पन्न खेलमा समेत नेपाली टोलीले जित हासिल गरेको थियो ।

सम्मान कार्यक्रममा मन्त्री गुरुङले खेलकुद पर्यटनलाई सरकारले प्राथमिकता राखेको बताए ।उनले  खेलाडी प्रोत्साहन, क्षमता विकास, प्रशिक्षण लगायतका कार्यक्रमका लागि मन्त्रालयमा बजेट अभाव रहे पनि सीमित साधन स्रोतका साथ मन्त्रालय खेलकुद विकासमा अघि बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप