आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा लोसपाका एक जना उम्मेदवारीबाट वञ्चित

मङ्गलबार, २० पुस २०७८, १९ : ३९
मङ्गलबार, २० पुस २०७८

राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन गएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार वञ्चित भएका छन् ।​ लोसपाले राष्ट्रिय सभामा उम्मेदवारीका लागि अन्य समूहबाट उम्मेदवारीका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेका श्यामसुन्दर सरदार उम्मेदवारी दर्ताबाट वञ्चित भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निर्वाचन अधिकृत पुष्पा झाले आर्थिक लाभ लिने पदमा कार्यरत रहेको र प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचीमा सरदारको नाम रहेकाले उम्मेदवारी रद्द भएको जनाएकी छिन् । सप्तरीको कञ्‍चनरुप निवासी सरदार प्रदेश २ सरकारले २०७८ फागुन ६ मा गठन गरेको दलित विकास समितिका सदस्य छन् भने उनी सो समितिबाट आर्थिक लाभ समेत लिइरहेका हुनाले राष्ट्रिय सभा निर्वाचन निर्देशिकामा आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था  गरिए अनुरूप उम्मेदवारी रद्द भएको उनले बताइन् ।

 सरदार उम्मेदवारीबाट वञ्चित भएपछि प्रदेश २ मा राष्ट्रियसभाको २ पदका लागि ४ दलबाट ५ जनाको उम्मेदवारी कायम भएको छ। यता लोसपा नेपालबाट महिला कोटामा रुपा यादवको उम्मेदवारी भने यथावत् नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप