
जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बुटवल । जबरजस्ती करणी गरेको आरोपमा पाल्पाबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सियारी गाउँपालिका–६ स्थायी घर भएका ३८ वर्षीय अन्तराम थारु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीका अनुसार चौधरीले आइतबार जबरजस्ती करणी गरेको भनि ती किशोरीले जानकारी गराएपछि प्रहरी चौकी बल्डेङगढी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ