बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा त्रिभुवन आर्मीलाई दुई स्वर्णसहित ६ पदक

मङ्गलबार, २० पुस २०७८, १९ : १५
मङ्गलबार, २० पुस २०७८

काठमाडौं । युथ्स अफ तुलसीपुरको आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा तुलसीपुरमा सञ्चालन भएको ‘राष्ट्रिय टेबल टेनिस प्रतियोगिता–२०७८’ मा त्रिभुवन आर्मी क्लबका खेलाडीले दुई स्वर्ण पदक, दुई रजत पदक र दुई कास्य पदक गरी जम्मा ६ पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले महिला टीम इभेन्ट तथा महिला यु–१८ विधामा स्वर्ण पदक प्राप्त गरेका हुन् । त्यस्तै, महिला खुलातर्फ र पुरुष टीम इभेन्टमा रजत पदक तथा पुरुष खुला र महिला यु–१८ मा कास्य पदक प्राप्त गरेका छन् । प्रतियोगिता पुस १६ देखि १८ गतेसम्म सञ्चालन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप