लुम्बिनीमा ३ पदका लागि ६ जनाको उम्मेदवारी दर्ता

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदको लागि ६ जनाको उम्मेदवार परेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोग दाङ्गले जनाएको छ ।
जसमा नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि निर्वाचन हुँदैछ । जसमा लुम्बिनी प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९३ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब