पत्रकार पन्थीलाई अमेरिकी विश्व विद्यालयको सम्मान
पत्रकारिताको माध्ययमबाट मानवताको क्षेत्रमा सेवा गरेको भन्दै अमेरिकाकी विश्वविद्यालय सिका युनिभर्सिटीले पत्रकार किशोर पन्थीलाई मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो ।
मानवताको भलाइमा योगदान दिएका कारण पन्थीलाई उक्त सम्मान प्रदान गरिएकोे युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन् । यो युनिभर्सिटीले समाजमा धेरै प्रकारका मानवीय योगदान गरेका व्यक्तिलाई हरेक बर्ष मानार्थ पीएचडीबाट सम्मान गर्दै आएको छ । जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० बर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ ।
पत्रकार पन्थी करिब ११ बर्षदेखि न्यूयोर्कबाट प्रकाशित हुँदै आएको खसोखास डटकमका प्रधानसम्पादक हुन् । उनी झण्डै २ दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । उनले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर कलम चलाउँदै आएका छन् । उनी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा दख्खल राख्छन् ।
सिका युनिभर्सिटीबाट पैगम्बर शेफर्ड बुशिरीलगायतका चर्चित व्यक्तित्वहरु समेत मानार्थ पीएचडीबाट सम्मानित भइसकेका छन् । त्यस्तै अमेरिकाका केही सांसदहरुले समेत सिका युनिभर्सिटीबाट मानार्थ पीएडी प्राप्त गरेका छन् । त्यस्तै बोस्टन प्रहरी विभागका ४२ औं कमिश्नर विलियम ग्रसले पनि सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई