बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन ​एमाले विरुद्ध अन्तिम किस्ता : रिजाल

मङ्गलबार, २० पुस २०७८, १७ : २३
मङ्गलबार, २० पुस २०७८

 नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रिय सभा निर्वाचन एमालेविरुद्ध गठबन्धनको अस्त्र भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा नेता रिजालले राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता भएको बताएका हुन् ।

उनले अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा नेकपा (एमाले) लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएको ठोकुवा पनि गरेका छन् । ‘अध्यादेशका भरमा पार्टी विभाजन गरेर, अनेक गठजोडका साथ ०७४ को जनादेशका भरमा ०७८ मा परिणाम निकाल्न खोजिएको राष्ट्रियसभाको निर्वाचनले न जनमतको प्रतिनिधित्व गर्दछ न त अहिलेको शक्ति सन्तुलन नै बोक्दछ । दलको परीक्षण जनमतमा हुन्छ र त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनले मात्रै गर्दछ’, रिजालको भनाइ छ । 

उनले बाघको छालामा स्यालको रजाइँ धेरै दिन नटिक्ने भन्दै अब हुने निर्वाचनमा पाँचै दल एक ठाउँ भएर चुनाव लडे पनि नेकपा (एमाले) लाई कुनै फरक नपर्ने बताएका छन् । 
‘बाघको छालामा स्यालको रजाइँ धेरै दिन टिक्दैन र अब हुने निर्वाचनमा पाँचै दल एक ठाउँमा भएर चुनाव लडे पनि नेकपा (एमाले) लाई फरक पर्दैन । किनभने, सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन् भन्ने तथ्य घाम जत्तिकै छर्लंग छ’, रिजालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप