शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पल्पसालाई विष्णुभक्त रंगकर्मी सम्मान

मङ्गलबार, २० पुस २०७८, १३ : ००
मङ्गलबार, २० पुस २०७८

यस वर्षको विष्णुभक्त फुयाँल रंगकर्मी सम्मान चम्सुरीको रुपमा चर्चित कलाकार पल्पसा डंगोललाई प्रदान गरिएको छ । बिष्णु भक्त–तारादेवी स्मृति गुठीद्वारा मंगलबार आयोजित पाँचौ स्मृति सभामा डंगोललाई २० हजार नगदसहित सो सम्मान प्रदान गरिएको हो । 

डंगोल तीन दशकदेखि कलाकारितामा संलग्न छिन् । ५ वर्ष अघि राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएको एक नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन भएको थियो । कलाकारितामा करिव ५ दशक बिताएका वरिष्ठ रंगकर्मी फुयाँलको स्मरण गर्दै पुरस्कार स्थापना गरि हरेक वर्ष स्मृतिसभा आयोजना गरि सो सम्मान गरिदै आएको छ ।

यस अगाडि ,यो पुरस्कार कलाकार राजेन्द्र गड्तौला, लक्ष्मणसिंह बस्नेत, रमेश केसी मट्टारेले पाएका थिए । स्मृति सभा कार्यक्रममा गुठीका सदस्य एवं फुयाँलका छोरा कमलले बुबाले नाटकको माध्यमबाट सामाजिक रूपान्तरणमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप