आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गणेश थापाले एन्फा अध्यक्ष छिरिङलाई लेखे यस्तो पत्र (पत्रसहित)

मङ्गलबार, २० पुस २०७८, १६ : ५६
मङ्गलबार, २० पुस २०७८

 अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र लेखेका छन् । पत्रमा उनले आफूलाई यही पुस २२ गते बस्न लागेको एन्फाको कार्यकारिणी समितिको बैठकमा आफ्ना धारणा राख्नका लागि अवसर मिलाइदिन अध्यक्ष छिरिङसमक्ष आग्रह गरेका छन् ।

विगत सात वर्षदेखि छिरिङले आफूमाथि लगाएका आरोपका कारण आफूले एउटा खेलाडी र व्यवस्थापकका रुपमा इमानदारीपूर्वक गरेका कामप्रति भ्रम उत्पन्न भएको उनले पत्रमा जिकिर गरेका छन् ।

थापाले एन्फा अध्यक्ष छिरिङलाई भनेका छन्, ‘मैले तपाई अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित भएदेखि पनि बारम्बार ममाथि लगाइएका आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न अनुरोध गरेको थिएँ । त्यसलाई तपाईले पूर्ण रुपमा बेवास्ता मात्र गर्नुभएन, थप आधारहीन भ्रमहरुको सिर्जना गरेर मेरो थप चरित्रहत्याको प्रयास गर्नुभयो ।’

उनले आफू हाल फिफाबाट फुटबलमा प्रतिबन्धित भए पनि आफूले फुटबलको गतिविधिबारे नभई आफ्नो नितान्त व्यक्तिगत विषयमा एन्फाको कार्यकारिणी समितिको बैठकमा धारणा राख्न चाहेको पनि प्रस्ट पारेका छन् ।

आफूमाथि लगाइएका आरोप प्रमाणित भएमा जुनसूकै सजाय भोग्न तयार रहेको भन्दै उनले अन्यथा एन्फाको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ अनुसार एउटा निर्दोष व्यक्तिलाई बिना आधारको आरोप लगाएका कारण स्वयं कारबाहीको भागिदार बन्नुपर्नेतर्फ पनि एन्फा अध्यक्ष छिरिङलाई सचेत गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप