शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

भारतले जारी गरेको नयाँ नक्साप्रति क्रान्तिकारी माओवादीको विरोध

मङ्गलबार, २० पुस २०७८, १५ : ५५
मङ्गलबार, २० पुस २०७८

भारतले नेपाली भूमिलाई आफ्नो देखाउँदै प्रकाशित गरेको दसौँ संस्करणको नक्साप्रति नेकपा क्रान्तिकारी माओवादीले आपत्ति जनाएको छ । नेपाली गाउँहरु कुटी, नावी, गुञ्जी र लिपुलेक–कालापानीदेखि लिम्पियाधुरा सम्मको क्षेत्र भारतमा पर्ने गरी भारतले नयाँ नक्सा सार्वजनिक गरेको पार्टीको भनाइ छ ।

पार्टी प्रवक्ता प्रतीकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय विस्तारवादी शासकवर्गले नेपाली गाउँहरु कुटी, नावी, गुञ्जी र लिपुलेक–कालापानीदेखि लिम्पियाधुरा सम्मको क्षेत्र भारतमा पर्ने गरी दशौं संस्करणको नक्सा बाहिर ल्याएको छ । उक्त नक्सामा महाकाली नदीलाई कुटी याङ्ती नाम दिइएको छ भने लिपुलेकबाट आउने सानो खोलालाई काली भनिएको छ । आठौं र दसौँ संस्करणमा काली नाम दिइएका नदीहरु फरक–फरक रहेका छन् । दसौँ संस्करणको नक्सा उपरोक्त नेपाली गाउँहरु र लिपुलेकदेखि लिम्पियाधुरासम्मको सम्पूर्ण नेपाली भूभाग भारतको भूमिमा पर्छ भन्ने प्रमाण देखाउने कलुषित उद्देश्यले तयार पारिएको कुरा प्रस्ट छ ।’

नेपाली नक्सा अनुसारको आफ्नो भूभाग फिर्ता ल्याउन पहल गर्नुको साटो उक्त नेपाली भूमिलाई भारतमा पार्ने उद्देश्यले तयार पारिएको नक्साका सम्बन्धमा नेपाल सरकार, गठबन्धनमा सामेल पार्टीहरू र प्रतिपक्षी दल समेतले आजसम्म एक शब्द नबोल्नु सरकार र संसदवादी पार्टीहरूको भारत भक्तिको उदाहरण भएको पार्टीको ठहर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप