सुदूरपश्चिमबाट गठबन्धनका तर्फबाट तीन जनाको उम्मेदवारी दर्ता
मङ्गलबार, २० पुस २०७८, १५ : ३४

राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ ।
धनगढीस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरिएको हो । गठबन्धनबाट नेपाली काँग्रेसका नारायण दत्त मिश्र, नेकपा माओवादी केन्द्रका जगत पार्की र नेकपा एकीकृत समाजवादीबाट गरिमा शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।
केहीबेर अघि एमालेले पनि तीन वटै सीटमा उम्मेदवारी दर्ता गराएको छ । एमालेबाट महिलातर्फ कैलालीका सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोयन दर्ता गराएका हुन् ।