कोभिड परीक्षणमा ढिलाइपछि अस्ट्रेलियामा आक्रोश
मङ्गलबार, २० पुस २०७८, १५ : १३
अस्ट्रेलियामा कोभिड परीक्षणमा ढिलाई भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै परीक्षणमा ढिलासुस्ती भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् । ९० प्रतिशतले खोप लगाएपछि गत महिना सरकारले केही कोभिड प्रतिबन्ध फुकुवा गरेको थियो । तर, पछिल्लो समयमा ओमिक्रोन भेरियन्टका कारण संक्रमितको संख्या दिनहुँ बढेको छ ।
अहिले अस्ट्रेलियामा औषतमा दैनिक २५ हजारमा संक्रमण देखिएको छ । संक्रमित बढेपछि परीक्षण तीव्र पार्न र कोभिड अस्पताल चुस्त पार्न सरकारमाथि चौतर्फी दबाब बढेको छ । अस्ट्रेलियामा पीसीआर परीक्षणमा सवैको पहुँच भए पनि गत साता सरकारले निःशुल्क परीक्षणको सीमा सीमित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’