आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मलेखुमा सानिमा बैंकको शाखा स्थापना

मङ्गलबार, २० पुस २०७८, १५ : ०९
मङ्गलबार, २० पुस २०७८

सानिमा बैंक लिमिटेडले धादिङ मलेखुमा शाखा स्थापन गरी बैंकिङ सेवा प्रवाह थालेको छ । बैंक सञ्चालक बलराम पराजुली एवम् ब्राण्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् । 
मह जोडीले मलेखुमा शाखा स्थापना गरेकोमा बधाई दिँदै सबल तथा विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलता हासिल गर्न शुभकामना दिए । बैंक संचालक बलराम पराजुलीले ग्राहक तथा सरोकारवालाहरूप्रति निरन्तर सहयोग तथा संरक्षण निम्ति कृतज्ञता जनाए ।
सानिमा बैंकले हालसम्म देशभर ११९ शाखा कार्यालय र ९७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप