सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा एमालेका तीन जनाले दिए उम्मेदवारी
मङ्गलबार, २० पुस २०७८, १४ : ५५

राष्ट्रियसभा सदस्य पदमा हुन लागेको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेबाट महिलातर्फ कैलालीका सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको तीन सिटमा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवारी दिने तयारी भइरहेको छ । जसअनुसार नेपाली काँग्रेसबाट नारायण दत्त मिश्र, नेकपा माओवादी केन्द्रबाट जगत पार्की र नेकपा एकीकृत समाजवादीबाट गरिमा शाहले उम्मेदवारी दिने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई