बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोभिड बढेपछि दिल्लीमा कर्फ्यू, मास्कबिना हिँडडुल गर्न निषेध

मङ्गलबार, २० पुस २०७८, १४ : ३२
मङ्गलबार, २० पुस २०७८

नयाँ दिल्लीमा सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।

अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । मास्कबिना कसैले पनि यात्रा गर्न पाउनेछैन । दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ । 

सङ्क्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड सङ्क्रमितको सङ्ख्या औसतमा ३५ हजार पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप