शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा बैठक २५  पुसमा बस्ने

मङ्गलबार, २० पुस २०७८, १४ : २८
मङ्गलबार, २० पुस २०७८

राष्ट्रिय सभाको बैठक २५ पुसमा बस्ने भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले मंगलबार सूचना निकाली २५ पुस दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका हुन् । यसअघि ५ पुसमा बसेको बैठकले अर्को सूचना जारी बैठकको मिति र समय पछि तोक्ने उल्लेख गरेकाले सोहीअनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोकेका हुन् ।

संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । जसले गर्दा संसद् बैठक प्रभावकारी बन्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप