शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नवलपरासीमा कुटपिटबाट घाइते भएका युवकको मृत्यु

मङ्गलबार, २० पुस २०७८, १४ : २१
मङ्गलबार, २० पुस २०७८

केही दिन अघि नवलपरासी (पश्चिम ) मा  ७ जनाको समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । पुस १६ गतेका दिउँसो करिब ४ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका–२ सुखौराका २५ वर्षीय विशाल थापा स्थानीय ७ जना युवाहरूको समूहको कुटपिटबाट गम्भीर घाइते भएका थिए ।

उनको भैरहवा मेडिकल कलेजमा  उपचारका क्रममा आइतबार मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सोही स्थानका २१ वर्षीय गणेश थापा, २१ तुलबहादुर घर्ती , २६ वर्षीय गणेश थापा , सोही उमेरका भुवनसिंह दर्लामी, २२ वर्षीय टेकबहादुर सोमै, वर्ष  १९ का लीलबहादुर दर्लामी, वर्ष २७ का सुस्त सारू, सोही उमेरका थम्मन बहादुर बारघरे र वर्ष २८ का रेसम दर्लामीलाई पक्राउ गरी सोमबार अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप