बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला अध्यक्ष पक्राउ परेपछि जनमतले भन्यो – हामीले होइन, अज्ञात समूहले ट्रकमा आगजनी गर्‍यो

मङ्गलबार, २० पुस २०७८, १४ : ०९
मङ्गलबार, २० पुस २०७८

सोमबार दिउँसो धनुषामा एक ट्रकमा आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषाका अध्यक्षसहित ३ जना पक्राउ परेपछि पार्टीले अज्ञात समूहले आगजनी गरेको दाबी गरेको । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ स्थित छघरियामा ट्रक जलाएको घटनामा जनमत पार्टीको संलग्नता नरहेको दाबी गर्दै अज्ञात समूहले आगजनी गरेको जिकिर समेत जनमत पार्टीका धनुषा जिल्ला सचिव विजय साहले गरेका छन् ।

धनुषाको पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ७७६९ नम्बरको ट्रकमा आगजनी गरिएको थियो । सो घटनामा संलग्न रहेको भन्दै प्रहरीले जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहा, कार्यकर्ताहरू चन्दन कुमार साह र नवीन पण्डितलाई पक्राउ गरेको थियो ।

पक्राउ परेको २४ घण्टा नबित्दै जिल्ला सचिव साहले एक विज्ञप्ति जारी गर्दै उक्त ट्रकमा अज्ञात समूहले आगो लगाएको जिकिर गर्दै सो घटनाप्रति घोर भर्त्सना समेत गरेका हुन् ।  घुसपैठियाहरूले पार्टीलाई बदनाम गराउन र आन्दोलनलाई बिथोल्ने षड्यन्त्र गरेको आरोप उनले लगाए ।

जनमत पार्टीले गरेको राजमार्ग अवरुद्धको क्रममा अहिलेसम्म चारवटा ट्रकमा आगजनी गरिसकेका छन् । उनीहरूले शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने प्रयास गरेकाले आगजनी गरेको बताउँदै आएका छन् ।

यता धनुषाको गणेशमान चारनाथ नगरपालिकामा गरेको ट्रकमा आगजनीको आरोपमा तीन जनालाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सो घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप