बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज पृथ्वी र सूर्य सबैभन्दा नजिक : ११ बजेर ५४ मिनेटमा सबैभन्दा नजिक

मङ्गलबार, २० पुस २०७८, १४ : ०७
मङ्गलबार, २० पुस २०७८

आज अर्थात् मंगलबार ४ जनवरीमा हाम्रो पृथ्वी यो वर्ष सूर्यको सबैभन्दा नजिक भएको छ । दिउँसो ११ बजेर ५४ मिनेटमा पृथ्वी सुुर्यको नजिकको विन्दुमा रहेको थियो । यो दुरी छोटिएर १४ करोड ७१ लाख ५ हजार ५२ किमीमा पुगेको थियो । विज्ञानमा यो सिद्धान्तलाई पेरिहिलियन अर्थात् सूर्य समिपक भनिन्छ ।

६ महिनापछि २०२२ को जुलाई ४ मा पृथ्वी यो वर्षको सबैभन्दा पर पुग्ने छ । त्यतिबेला यो दुरी १५ करोड २० लाख ९८ हजार ४ सय ५५ किलोमीटरमा हुनेछ । यो सिद्धान्तलाई एपहिलियन भनिन्छ ।

पृथ्वी र सूर्यको बीचको दुरीबाट मौसम तय हुँदैन

प्लानेटरी सोसाइटी भारतका निर्देशक एन श्री रघुनन्दन कुमारले भने, ‘मानिसलाई लाग्ने गरेको छ कि सूर्य र पृथ्वीबीचको दुरीबाट मौसम र तापमान तय हुन्छ । यो सही होइन । सूर्यलाई घुम्दा पृथ्वी आफ्नो धुरीमा करिब २३.५ डिग्रीमा रहन्छ । यस कारण मौसममा परिवर्तन हुन्छ ।’

उनी थप्छन्, ‘झुकावका कारण कुनै समय पृथ्वीको जुन भागमा सूर्यको किरण सीधा पर्छ, त्यहाँ गर्मी हुन्छ र जहाँ किरण झुकेको हुन्छ त्यहाँ चिसो महसुस हुन्छ । यसका साथै वायु दबाव, मरभूमिबाट आउने हावासमेत कयौ कारणबाट तापमान प्रभावित हुन्छ ।’

उत्तरी ध्रुवमा विस्तारै विस्तारै कम हुन्छ चिसो

जनवरीमा वर्षको सुरुवातमा उत्तरी ध्रुवमा धेरै देशमा चिसोको मौसम हुन्छ  र दक्षिणी धु्रवमा गर्मी हुन्छ । यो समय पृथ्वी सूर्यको सबैभन्दा नजिक हुन्छ । अब पृथ्वी र सूर्य बीचको दुरी विस्तारै विस्तारै बढ्दै जान्छ । जुलाईमा यी दुई सबैभन्दा दुरीको अवस्थामा रहन्छन् ।

जुलाईमा जब पृथ्वी सुर्यको सबैभन्दा दुरीमा रहन्छ नेपालका आसपासका देशमा पनि गर्मीको मौसम रहन्छ । यसबाट स्पष्ट हुन्छ सूर्य र पृथ्वीबीचको दुरीबाट मौसम फेरिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप