बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन् २०२१ का रोचक वैज्ञानिक घटना : जेम्स वेब, भियाग्रा र मंगल ग्रहमा उडान

मङ्गलबार, २० पुस २०७८, १३ : ५२
मङ्गलबार, २० पुस २०७८

जसो जसो प्रविधिको विकास हुन्छ त्यसरी नै नयाँ नयाँ वैज्ञानिक खोज र नयाँ अवधारणा अस्तित्वमा आउने गती पनि बढ्दै जान्छ ।

यी सबै चिजहरू पाँच वर्ष अघि असम्भव लाग्दथ्यो वा लामो समयदेखि केवल कल्पनाको हिस्सा मात्रै थियो । यी सबै अब निकै सजिलै साकार भइरहेका छन् ।

यसैलाई मध्यनजर गर्दै बीबीसीले सन् २०२१ मा विज्ञानको दुनियाँमा हुने सबैभन्दा रोचक घटना, नयाँ खोज र आविष्कारको एउटा सूची तयार पारेको छ ।

पर्सिभियरेन्स रोभरः मंगलमा कदम राख्नका लागि ठूलो पहल

मंगल ग्रहमा पाइला राख्नका लागि मानिस लामो समयदेखि तयारी गरिरहेको छ । तर, अब यो सपना पर्सिभियरेन्स रोभरका कारण यथार्थमा रुपान्तरण भएको छ । नासाको पर्सिभियरेन्स रोभरले २०२१ मा मंगलको सतहमा पहिलो पटक पाइला राखेको थियो ।

६ खुट्टामा दौडने यो रोभर आगामी २ वर्षसम्म मंगल ग्रहको सतहको समीक्षा गर्नेछ । त्यहाँ रहेको चट्टानको उत्खनन गरेर त्यसको नमुना संकलन गर्नेछ र यो ग्रहमा जीवनको सम्भावनाको खोजी गर्नेछ ।

मंगल ग्रहमा पहिलो पटक इनजेन्यूटी नामको हेलिकप्टरले उडान भरेको थियो ।

यो उडान एक मिनेट भन्दा कम समयका लागि गरिएको थियो । यो किन अचम्म लाग्ने खालको  भयो भने मानिसले बनाएको कुनै पनि हेलिकप्टरले कुनै अन्य ग्रहमा उडान भरेको थिएन ।

६ सेप्टेम्बरमा नासाको पर्सिभियरेन्स रोभरले चट्टानको नमुना संकलन गर्ने काममा सफलता हासिल गरेको थियो । केही दिनपछि यसले थप चट्टान संकलन गरेको थियो । पछि यो रोभरले जेजेरो क्रेटरबाट बेडरकको नमूना हासिल गर्न पनि सफलता पायो । यो सुरुवात हो । किनकी आगामी समयमा पर्सिभियरेन्सले थप २४ चट्टानको नमुना संकलन गर्ने काम गर्ने छ ।

मंगल ग्रहबाट संकलन गरिएको नमुनालाई यो दशकभित्रै अमेरिका र युरोपेली देशको समन्वयात्मक प्रयासबाट पृथ्वीमा ल्याइन्छ ।

सूर्यको बाहिरी सतहलाई छोएर गएको थियो पार्कर प्रोब

नासाको अन्तरिक्षयान पार्कर सोलार प्रोबले पहिलो पटक सूर्यको पर्यावरणको बाहिरी सतहको स्पर्श गरेको थियो । सूर्यको वातावरणको सतह जसलाई कोरोनाको नामले चिनिन्छ, यसलाई छुन यस मेसिनले सफलता पाएको छ । यो भन्दा पहिलेका प्रयासहरुमा सतहमा पुग्न सकेकै थिएन ।

यो अभूतपूर्व घटना गत वर्षको अप्रिलमा घटेको थियो । तर कोरोनालाई छोएर यात्रा गर्ने कुरा आँकडाको विश्लेषणपछि मात्रै देखा परेको हो ।

पार्कर प्रोबलाई यो अवधिमा व्यापक विकिरण र भीषण गर्मीको सामना गर्नु परेको थियो । तर सूर्य कुन तन्त्रबाट सञ्चालित हुन्छ यो आंकडा यसले हासिल गरिरहेको छ ।

नासाका सोलार फिजिक्सका निर्देशक निकोला फक्सका अनुसार ‘सूर्यको वातावरणसम्म पुग्नु मानिसका लागि एउटा ठूलो उपलब्धि हो । यो जानकारीले पृथ्वीको सबैभन्दा नजिकको तारा सूर्यबारे थप बुझ्न हामीलाई सहज गराउँछ । यसले हामीलाई सौर्य मण्डलमा सूर्यको प्रभावका विषयमा जान्नका लागि पनि सहज बनाउँछ ।’

अन्य ग्रहमा जीवनको सम्भावना बुझाउनका लागि विशाल दूरबिनः

पृथ्वीमा हालसम्मकै ठूलो जेम्स वेब टेलिस्कोप २५ डिसेम्बरमा फ्रान्सको गुयनाबाट अन्तरिक्षमा लञ्च गरिएको थियो ।

यो सुपर टेलिस्कोपले ब्रहमान्डलाई राम्रो तरिकाले बुभ्mन मद्दत गर्नेछ र पृथ्वीबाहेक अन्य कतै जीवन छ कि छैन यसबारे जानकारी संकलन गर्न मद्दत मिल्ने छ ।

यो टेलिस्कोप १३.५ अर्ब वर्ष पहिले ब्रह्मान्डमा चम्किने ताराको उज्यालोलाई  मापन गर्न सहयोगी सावित हुनेछ । यती मात्रै होइन कि जेम्स वेब टेलिस्कोप अर्को ग्रहको वायुमण्डलमा रहेको अणुको पनि जाँच गर्नेछ र बाहिरी अन्तरिक्षमा जीवनको अस्तित्वबारे पत्ता लगाउनेछ ।

बृहस्पतितर्फ गयो मिशन लूसी

अक्टोबरमा लन्च गरेको ‘मिशन लूसी’ हाम्रो सौर्य मण्डलको जीवको अवशेष मानिने सानो समूह (छुद्र ग्रह) को अध्ययन गर्ने छ ।

सानो ग्रहको एउटा समूह बृहस्पतिको परिक्रमा गर्छ । वैज्ञानिकका अनुसार यो छोटो ग्रह आफसेआफ आदिकालिन चिजसँग समेटिएको हुने छ जसले सौर्य मण्डलको जन्म र विकासको रहस्य सुल्झाउने क्षमता राख्छ ।

यसलाई बुझ्नका लागि लूसी मिशनलाई बृहस्पति ग्रहतर्फ प्रक्षेपित गरिएको छ ।

अन्तरिक्ष यात्रा बन्ने छ पर्यटन

बेलायती व्यवसायी रिचर्ड ब्रेनसन सधैँ अन्तरिक्षमा यात्रा गर्ने इच्छा राख्थे । उनको यो सपना ७१ वर्षको उमेरमा पुरा भएको छ ।

उनको कम्पनी भर्जिन ग्यालेक्टिकले यूनिटी नामक एउटा रकेट शटल बनायो जसले लगभग ८५ किलोमीटरको उचाइसम्म यात्रा गर्यो । यो यान बाहिरी अन्तरिक्षमा पुग्यो र यसले ९० मिनेटको सफलतापूर्वक आफ्नो अन्तरिक्ष उडान पुरा ग¥यो ।

अर्कातिर, अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो पहिलो अन्तरिक्ष यात्रा ब्लू ओरिजिन कम्पनीले बनाएको रकेट न्यू सेपर्डबाट पुरा गर्यो ।

यस यात्रामा बेजोससँग उनका भाइ मार्क बेजोस, ८२ वर्षको पूर्व पाइलट बेली फंक र १८ वर्षका विद्यार्थी ओलिभर डायमेन  पनि समावेश थिए ।

यी सबै १० मिनेट १० सेकेन्डपछि प्याराशुटको सहयोगमा पृथ्वीमा फर्किएका थिए । उनीहरुको रकेट १०६ किलोमीटरको उचाईसम्म पुगेको थियो ।

एलन मस्कले त स्पेस एक्स मार्फत् स्टारशीप नामको विश्वकै ठूलो रकेट डिजाइनसमेत गरेको छ । गत वर्ष कम्पनीले बनाएको एक रकेटमा ४ अन्तरिक्ष पर्यटक आफ्नो यात्रा पुरा गरेर पृथ्वीमा फर्किएका छन् ।

अल्जाइमरका लागि भियाग्रा ?

अमेरिकी शोधकर्ताले पुरुषमा इरेक्टाइल डिसफङसनको उपचारमा प्रयोग गरिने भियाग्रा अल्जाइमरको उपचारमा पनि प्रयोग गर्न सकिने पत्ता लगाएका छन् । तर मस्तिष्कको टिस्यूमा भियाग्राको असरको अध्ययन अझै गरिदै छ ।

मानव शरीरले एचआईभीको प्रतिरोध गर्ने

अर्जेन्टिनाकी एक महिला कुनै औषधीको सेवन बिना एचआईभीबाट निको भएकी छिन् । यो विश्वमा हालसम्मको दोस्रो घटना हो ।

डाक्टरहरुका अनुसार उनको प्रतिरोधी प्रणालीले भाइरसलाई नष्ट गरिदियो । इन्टरनल मेडिसिन जर्नललाई मान्ने हो भने महिलाको शरीरको १ अर्ब भन्दा बढी कोशिकाको विश्लेषण गरिएपछि उनको शरीरमा एचआईभीको एउटा पनि निशान भेटिएन ।

मानिसका लागि सुुंगुरको मृगौला

अमेरिकामा एक सुंगुरको मृगौलालाई ब्रेन डेड भइसकेका एक व्यक्तिमा प्रत्यारोपित गरिएको थियो । उनी आर्टिफिसियल लाईफ सपोर्ट सिस्टममा थिए । यद्यपि मानिसको शरीरमा सुंगुरको मृगौला मिलाउनका लागि केही आनुवंशिक परिवर्तन गर्नु परेको थियो ।

स्टेराइल न्यूट्रिनो फेला परेन

यो परिकल्पनाको आधारमा स्टेराइल न्यूट्रिनो पदार्थको मूलभूत एकाई हुन सक्छ र वैज्ञानिकले यस कणको खोजी लामो समयदेखि गर्दै आएका थिए । यसलाई लिएर आक्रामक खोजीको कोशिश एक पटक पुनः व्यर्थमा गएपछि वैज्ञानिकले ब्रहमान्डको जन्मको व्याख्या गर्न यो भन्दा पनि रोचक परिकल्पना अगाडि बढाए ।

ब्ल्याकहोलबाट प्रकाश ?

अमेरिकी र युरोपेली टेलिस्कोपको खोजीले अन्तरिक्षमा ब्ल्याकहोलको वरपर असाध्यै तेज विकिरण एक्स रे उत्सर्जन हुने कुरा विश्वलाई जानकारी दियो । उनीहरुले पहिलो पटक कुनै ब्ल्याकहोलबाट प्रकाशको खोजी गर्ने प्रयास गरेका हुन् ।

यो अनुसन्धानमा युरोपेली अन्तरिक्ष एजेन्सीको एक्सएमएम–न्यूटन र नासाको नूस्टार–न्यूक्लियर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप ऐरेको प्रयोग भएको थियो । अमेरिकामा स्ट्यानफोर्ड युनिभर्सिटीका ड्यान विल्किन्सले यो अनुसन्धानको अवधिमा अन्तर्राष्ट्रिय टीमको नेतृत्व गरेका थिए ।

भाले चराबिन अण्डा दिन सक्छ पोथी चरा

क्यालिफोर्नियाको २ पोथी गिद्धले भालेको क्रोमोजोम बिना र कुनै भालेको सहयोग बिना अण्डा दिएका छन् र यसबाट बच्चा पनि पैदा गरेका छन् ।

यो घटनाको खोज  अमेरिकी वन्यजन्तु शोधकर्ताले गरेका थिए । यहाँ क्यालिफोर्नियाका गिद्ध लोपोन्मुख हुन लागेको विषयमा ध्यान केन्द्रीत गर्नुपर्ने  आवश्यक भएको बताइएको छ ।

२४,००० वर्षपछि पुनः जिउँदो भयो जीव

साइबेरियन बरफमा विगत २४,००० वर्षदेखि जमेको एक जीवमा फेरी जीवन आएको छ । बेडेलाइड रोटिफर नामक जीव रुसको आर्कटिक क्षेत्रमा एलिसा नदीबाट खोजेर निकालिएको थियो ।

हजारौ वर्षसम्म जमेको  स्थितिपछि यो जीव बरफ पग्लिएसँगै पुनः जिउँदो भएको हो । वैज्ञानिकका अनुसार यो अलैङ्गिक वा बिना सहवास पनि प्रजनन गर्न सक्षम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप