प्रहरी निरीक्षक भूपेन्द्रको गीत युट्युब ट्रेन्डिङमा

प्रहरी निरीक्षक तथा गीतकार भूपेन्द्र बुढाथोकीको शब्द रहेको गीत ‘धोका माथि धोका’ सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर, सुनिल बिसीको लय र विशाल निरौलाको सङ्गीत संयोजन गीतमा छ ।
समाचार तयार गर्दासम्म गीतले झन्डै ४ लाख भ्युज पाउँदै युट्युब ट्रेन्डिङको तेस्रो स्थान ओगट्न सफल भएको छ । गीतको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोमा विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।
प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा विक्रम र स्मारिकाको रोमान्स सुहाउँदो छ । नेपाल प्रहरीका निरीक्षक समेत रहेका गीतकार बुढाथोकीले यसअघि ‘फुल भनौँ जिन्दगीलाई’ बोलको गीत ल्याएका थिए । पूर्णिमा लामाको आवाज रहेको सो गीतले १ करोड बढी भ्युज पाएका छ । गीत भूपेन्द्र बुढाथोकीले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स
-
मन्त्रिपरिषद्ले पारित गर्यो वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक