विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने
पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।
त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जारी गर्न लागेकोमा निष्काशन अगावै भित्रभित्रै किनबेच भएको भन्ने विवादमा फसेपछि निष्काशन प्रक्रिया रोकिन पुगेको थियो ।
सो विवादमा नियामक धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) समेत तानिएको थियो । सर्वोत्तम विवाद प्रकरणमा नेप्सेका कार्यकारी अधिकृत (सीईओ) चन्द्र सिंह साउदले पदबाट राजीनामा दिएका थिए भने, सेबोनका अध्यक्ष भीष्मराज ढुङ्गानालाई मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको थियो । सोही विवादमा परेर रोकिएको सेयर निष्काशन कम्पनीले पुनः साधारणसभामा लगेर पारित गर्ने नीति बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
-
अवैध लागू औषधसहित १२ जना पक्राउ
-
ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
-
अञ्जुको ‘खोला जस्तो जिन्दगी’मा जीवन र स्नेहको अभिनय
-
रेडक्रसद्वारा १७ जिल्लामा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन
-
यशको टक्सिक २ भागमा आउने