राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा को–को भिड्दैछन् ?

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा सत्तारुढ गठबन्धन, विपक्षी लोसपा नेपाल र नेकपा एमालेले आ आफ्ना तर्फबाट उम्मेदवारी दिँदै छन् । यसरी सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल र प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच प्रतिस्पर्धा हुने भएको छ ।
सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादी केन्द्रले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेकपा एमालेले अन्य समूहतर्फ धनुषाका असर्फी भिनबार यादव र महिला समूहतर्फ रौतहटकी बिना साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै लोसपाले सप्तरीका श्याम सरदारलाई अन्य समूहबाट र महोत्तरीकी रुपा कुमारी यादवलाई महिला समूहबाट उम्मेदवार बनाउने निर्णय गरेको लोसपा प्रदेश २ का प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जनाएका छन् ।
प्रदेश सभामा सत्तारुढ जसपा नेपालका ३९ प्रदेश सांसद, काँग्रेसका १९ प्रदेश सांसद, माओवादी केन्द्रका ८ प्रदेश सांसद, नेकपा एकीकृत समाजवादीका ११ प्रदेश सांसद छन् भने प्रमुख प्रतिपक्षी एमालेका ८ प्रदेश सांसद तथा प्रतिपक्षी लोसपाका १६ जना प्रदेश सांसद छन् । त्यस्तै नेपाल संघीय समाजवादी पार्टीका एक प्रदेश सांसद छन् ।
प्रदेश नम्बर २ मा स्थानीय तहबाट २ सय ६८ मतदाता छन् भने प्रदेश सभा तर्फबाट १ सय ४ जना छन् । यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २३ सय ७० मतभार, माओवादी केन्द्रको ११ सय ९४, एमालेको ९ सय ४२, नेकपा एसको ७ सय ५०, जसपाको २९ सय ८८, लोसपाको १५ सय ६०, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?
-
संविधान विपरीत समवेदना सन्देश निकाल्नेलाई कारबाही गर्न एमालेको माग
-
दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ
-
१३ बुँदे घोषणापत्र जारी गर्दै खानेपानी महासंघको गोष्ठी सकियो
-
रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्न कांग्रेसकाे चेतावनी
-
माया राई पक्राउ प्रकरण : कांग्रेसको धारणा के हो ?