सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, दुईको मृत्यु

मङ्गलबार, २० पुस २०७८, १३ : ०७
मङ्गलबार, २० पुस २०७८

दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ । 
 
यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप