बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार

मङ्गलबार, २० पुस २०७८, १२ : ४८
मङ्गलबार, २० पुस २०७८

प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन भएका छन्। सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गङ्गा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईँ चयन भएका हुन् ।

तीनवर्षे कार्यकालका लागि २५ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका संयोजक गणेश पोखरेलले बताए । समितिको सदस्यमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरगाईँ, भूमिराज पराजुली, राजु पोखरेल, मीना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जीवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडालगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप