बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनः बागमतीका नेमकिपाका दुई जनाले दिए उम्मेदवारी

मङ्गलबार, २० पुस २०७८, १२ : ००
मङ्गलबार, २० पुस २०७८

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेमकिपाका दुई जनाले उम्मेदवारी दिएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट गीता काफ्ले र कृष्ण तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।   भक्तपुरका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुन लागेपछि निर्वाचन हुन लागेको हो । उक्त रिक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आज मंगलबार मनोनयन दर्ताको कार्यक्रम तोकिएको हो ।

राष्ट्रियसभाको निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले एक्लै चुनावी मैदानमा रहेका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप