शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वकप्तान मल्लसहित असन्तुष्ट खेलाडी बन्द प्रशिक्षणमा, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २० पुस २०७८, ११ : ५६
मङ्गलबार, २० पुस २०७८

पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो । तर, नौ जना खेलाडीले भने बन्द प्रशिक्षणमा नआउने अडान लिएका थिए ।

आइतबारसम्म असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा नफर्किएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दासानायकेलगायतले उनीहरूसँग वार्ता गरेका थिए । वार्ता सकारात्मक भएपछि असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा फर्किएका छन् । 

खेलाडीहरूको ग्रेडिङ गरेपछि असन्तुष्ट बनेका खेलाडीहरूले मिडियामा टिप्पणी गरेको भन्दै क्यानले कप्तान मल्लसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी तथा कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । कारबाहीपछि खेलाडी र क्यानबीच विवाद चुलिएको थियो । हाललाई भने विवाद साम्य भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप