कालापानीलगायतलाई पाठयक्रममा समावेश गर्न माओवादीको माग
मङ्गलबार, २० पुस २०७८, ११ : ४६
नेकपा माओवादी केन्द्रले कालापानीलगायतका भूमि समावेश गरेर पाठ्यक्रम बनाउन माग गरेको छ । हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गर्दै उक्त माग गरेको हो ।
‘यो महाधिवेशन कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘साथै, संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’
माओवादीले पुष्पकमल दाहाल प्रचण्डलाई पुनः अध्यक्ष चयन गर्दै हालै महाधिवेशन सम्पन्न गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै