आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

१४ अर्ब बढी निक्षेप थपियो, लगानीयोग्य पुँजीको संकट हट्ला ?

मङ्गलबार, २० पुस २०७८, ११ : ३४
मङ्गलबार, २० पुस २०७८

यो साता वाणिज्य बैंकको खातामा १४ अर्ब बढीले निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले दिएको तथ्याङ्क अनुसार अघिल्लो साताको तुलनामा यस साता (पुस ९ गतेदेखि १६ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप १४ अर्बले वृद्धि भई कुल ४२ खर्ब ४९ अर्ब पुगेको हो । 

जबकी अघिल्लो साता अर्थात् पुस २ गतेदेखि ९ गतेसम्म बैंकहरुले यस्तो निक्षेप चार अर्बले गुमाउँदै कुल ४२ खर्ब ३५ अर्ब मात्र संकलन गर्न सकेका थिए । यद्यपि, बैंकर्स संघका अनुसार यस साता बैंकहरुले आक्रामक रुपमा निक्षेप संकलन वृद्धि गर्दैगर्दा यता कर्जा लगानीमा समेत वृद्धि आएको छ । 

संघका अनुसार २७ वाणिज्य बैंकहरुले अघिल्लो साताको तुलनामा यस साता ११ अर्बले कर्जा लगानी बढाउँदै कुल ४० खर्ब ९९ अर्ब पु¥याएका छन् । अघिल्लो साता यस्तो कर्जा लगानी बैंकहरुले ४० खर्ब ८८ अर्ब गरेका थिए । 
बैंकमा १४ अर्ब बढीले निक्षेप बढ्दै गर्दा यता हिजो मात्र राष्ट्र बैंकले स्थानीय बजेटको अधिकतम् ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने स्वीकृति दिएसँगै थप ३४ अर्ब बढीले बैंकिङ तरलता बढ्न गएको छ । यसले हालको बजारको तरलता संकट केही हदसम्म टार्ने अपेक्षा गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप