ओमिक्रोन डेल्टाभन्दा ४–५ गुणा संक्रामकः तेस्रो लहरको उत्कर्षमा दैनिक १६ लाख संक्रमित भेटिने अनुमान
भारतमा ओमिक्रोनको प्रवेश २ डिसेम्बरमा भएको थियो । करिब १ महिनामा संक्रमणको दरमा लगभग ३ गुणाले वृद्धि भएर १७०० भन्दा पनि बढी भएको छ ।
ओमिक्रोनलाई लिएर चिन्ताको कुरो यो छ कि यो तीव्र दरमा फैलिरहेको छ । तर यसको गम्भीर लक्षण भने कम छ । तर गम्भीर लक्षण कम भएपनि बिरामीको ठूलो संख्या हाम्रा लागि खतराको घन्टीको रुपमा रहेको छ । अनुमानका अनुसार तेस्रो लहरको उचाईमा ४०–६० हजार बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ । यसकारण भारतको स्वास्थ्य पूर्वाधारका लागि नयाँ चुनौती उत्पन्न गर्न सक्छ ।
फरक फरक देशमा ओमिक्रोनका कारण अस्पताल भर्ना हुने दर कस्तो छ ? ओमिक्रोन कति तीव्र दरमा फैलिरहेको छ ? र गम्भीर बिरामी कम भएता पनि ओमिक्रोन हाम्रा लागि कत्तिको ठूलो खतरा हो ? आउनुुहोस जानौँ ।
बेलायत
ब्रिटेन हेल्थ सेक्यूरिटी एजेन्सीले ५ लाख २८ हजार १७६ ओमिक्रोन र ५ लाख ७३ हजार १२ डेल्टा संक्रमितको विश्लेषण गरेको थियो । यसबाट डेल्टाको तुलनामा ओमिक्रोनमा केवल एक तिहाई मानिसलाई हस्पिटलमा भर्ना गर्नु परेको थियो । ओमिक्रोनमा खोपको प्रभावको विषयलाई लिएर एजेन्सीले खोप २–३ डोज लिएपछि अस्पतालमा भर्ना हुनेको संख्यामा ८१ प्रतिशतले कमी आएको थियो । साथै ओमिक्रोनका कारण भेन्टिलेटर लगाइएका बिरामीको संख्या डेल्टाको तुलनामा कम छ ।
अमेरिका
अमेरिकामा चिन्ताको विषय यो छ कि यहाँ बच्चाको अस्पताल भर्नाको दर धेरै छ । २८ डिसेम्बरसम्मको आंकडाका अनुसार ०–१७ उमेर समूहमा ३७८ बच्चालाई अस्पतालमाा भर्ना गर्नु परेको थियो । यो गत साताको तुलनामा ६६ प्रतिशत र डेल्टाका कारण आएको दोस्रो लहरको पीक भन्दा पनि धेरै छ । यद्यपि अस्पतालमा भर्ना भए बावजुद गम्भीर लक्षण कम छ ।
दक्षिण अफ्रिका
नेशनल इन्सटिच्यूट फर कम्युनिकेबल डिजिजले दक्षिण अफ्रिकामा अप्रिलदेखि नोभेम्बरसम्म पाइएको डेल्टा र ओमिक्रोन संक्रमणको विश्लेषण गरेको थियो । यस अनुसार डेल्टाको तुलनामा ओमिक्रोनका कारण अस्पताल भर्ना भएका मानिसमा गम्भीर लक्षणको खतरा ३० प्रतिशतसम्म कम रहेको छ ।