बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभाका ५ उम्मेदवार

मङ्गलबार, २० पुस २०७८, १० : ३६
मङ्गलबार, २० पुस २०७८

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । 

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्ग/अल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार बनाएको हो ।

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुङ्गो लगाएको प्रचण्डको सचिवालयले जनाएको छ । आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप