बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सवारी ज्यान मुद्दामा प्रदेश मन्त्रीका छोरा पक्राउ

मङ्गलबार, २० पुस २०७८, ०८ : २२
मङ्गलबार, २० पुस २०७८

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्रीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) बेद प्रकाश जोशीले रातोपाटीलाई बताए । 

पुस २ मा टिकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९५ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उपचारको क्रममा बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा पुस ११ मा उनको मृत्यु भएको थियो । 

घाइतेको मृत्युपछि उनि सम्पर्क बिहिन भएका थिए । सोमबार अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप