शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

सोमबार, १९ पुस २०७८, २१ : ५९
सोमबार, १९ पुस २०७८

मोटरसाइकल दुर्घटनामा परी तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ भने एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–७ स्थित कलेस्ती निवासी ५२ वर्षीय वीरबहादुर दरै रहेका छन् । ग १५ प ८४९५ नंको मोटरसाइकलमा सवार दरै सोही वडाको वडा कार्यालय नजिक नालीमा खस्दा घाइते भएका थिए । 

कलेस्ती बजारबाट करिब २०० मिटर दूरीमा पर्ने वडा कार्यालय नजिक नालामा खस्दा दरै सख्त घाइते भएका हुन् । दरैको उपचारका लागि तत्कालै दमौली बजारस्थित रत्नहरि मेमोरियल अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक सोही वडा निवासी ४२ वर्षीय मनबहादुर दरै दुर्घटनामा परी सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी  दिए । चालकको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप