
अस्ट्रेलियाको क्विन्सल्याण्डमा प्रवासी नेपालीहरूको नयाँ समिति

अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यमा सम्पन्न प्रवासी नेपालीहरूको एक भेलाले आविष्कार पाण्डेको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्चको १९ सदस्यीय क्विन्स्ल्याण्ड राज्यसमिति निर्वाचित गरेको छ ।
प्रवासी नेपालीको उक्त राज्य समितिको उपाध्यक्षत्रयमा बाबु चालिसे, स्वीकृति केसी र विवेक ढकाल रहेका छन् । त्यसैगरी, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा पूर्ण परियार र कोषाध्यक्षमा प्रदीप राई निर्वाचित भएका छन् ।
राज्य समितिका सदस्यहरूमा मोहन पन्त, वसन्त बाँनिया, हेमन्त न्यौपाने, विजयराज खनाल, सुस्मिता ढकाल, आयशा खनाल, विशाल श्रेष्ठ, आभाष पौडेल, सन्तोष पौडेल, सन्तोष ढकाल, सुशान्त सापकोटा, मनिष श्रेष्ठ र संयोग दाहाल रहेका छन् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रवास समन्वय समितिकी सुनिता रेग्मी, राज्य समितिका पूर्व अध्यक्ष राजु ढकाल, त्यसैगरी नवनिर्वाचित राज्य समितिका सल्लाहकार कृष्ण पौडेल, प्रमोद दवाडी र प्रकाश राई र ओभरसिज नेपाली फोरमका विवेक अर्याल र रमेश पाण्डेले शुभकामना तथा बधाई मन्तव्य दिएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ