जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह
जनता समाजवादी पार्टी नेपालले संसदीय दलको प्रमुख सचेतकमा सो पार्टीका कार्यकारिणी सदस्य प्रमोद साहलाई नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले उनको नियुक्ति बारेमा संघीय संसद सचिवालयलाई जानकारी गराएका छन् ।
‘जसपा संसदीय दलको विधान, २०७८ को धारण १३ (१) अनुसार सर्लाही जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्नुहुने साहलाई यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ’, नियुक्ति पत्रमा भनिएको छ ।
सर्लाहीका सांसद समेत रहेका साह पूर्व राजपा पक्षका हुन् । उनले पार्टी विभाजन हुँदा महन्थ ठाकुरलाई छाडेर जसपाका अध्यक्ष उपेन्द्र यादवलाई साथ दिएका थिए । मन्त्रिपरिषद् विस्तार हुँदा उनको नाम अन्तिममा हटाएर महिन्द्रराय यादव मन्त्री बनेका थिए ।
महिन्द्र राय यादव हाल कृषि मन्त्री छन् । यादव पनि सर्लाहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?