सूर्या लाइफको तेह्रौं वार्षिक साधारणसभा : सेयरधनीलाई १३.३६ प्रतिशत लाभांश पारित
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ ।
विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपैयाँ कायम हुने सो इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
साधारणसभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, संचालक समितिमा संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने चारजना संचालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने दुईजना संचालकहरूको निर्वाचनसमेत सम्पन्न गरेको छ ।
संस्थापक सेयरधनी समूह ‘क’ बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा विरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएका हुन् । उनीहरु निर्विरोध निर्वाचित भएका सो कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्म देशभर १३५ शाखा सञ्जालमा ४९ हजार ७१७ अभिकर्ताहरू समावेश गरेको छ । ती अभिकर्ताहरूमार्फत एक लाख २२ हजार ९७० बीमालेख गराएको छ । बीमालेखबाट दुई अर्ब एक करोड ८५ लाख ७१ हजार ३१८ रुपैयाँ बीमाशुल्क आर्जन गर्नुका साथै कुल २९ करोड १८ लाख ६७ हजार ३१० रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने