शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

सोमबार, १९ पुस २०७८, २० : ३६
सोमबार, १९ पुस २०७८

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत अनुसूचीहरू पनि पारित गरेको बैंकले जानकारी दिएको छ ।

बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७७/०७८ को एकीकृत वित्तीय विवरण पनि साधारणसभाले पारित गरेको छ । साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने र सो सम्बन्धी समझदारीपत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि पारित गरेको छ । 

सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको बैंकको चुक्तापूँजी अब १२ अर्ब ७० करोड ८७ लाख चार हजार १७५ रुपैयाँ पुगेको छ । बैंकले हालसम्म देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर, १८९ वटा एटीएम तथा २१५ वटा शाखा कार्यालय विस्तार गरिसकेको छ । १६ लाखभन्दा बढी ग्राहकहरूलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैंकले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप