गुर्जुधाराको यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरले १६ जना बिचौलियालाई पक्राउ गरेको छ । यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई ‘छिटो काम गर्दिन्छौं’ भनेर अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका घर भएका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटा घर भएका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुंगाका वीरेन्द्र कटुवाल र तनहुँ घर भएका सुशान्त राजभण्डारी छन् ।
त्यस्तै मकवानपुर घर भएका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका बिशाल मेचे, ओखलढुंगाका विवेक न्यौपाने, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका छन् । आरोपीहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)