मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको सहकारीबाट ९ लाख चोरी

सोमबार, १९ पुस २०७८, २० : २६
सोमबार, १९ पुस २०७८

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक रहेको सहकारीबाट रकम चोरी भएको छ । अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको हो ।

गएराति अज्ञात समूहले ढोका फुटाएर रकम चोरी गरेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले रातोपाटीलाई बताए । चोरी गर्ने समूहले सहकारीको दराजमा राखेको नगद लगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप