
प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान आउने भएका छन् । उनी बिहान १० बजे धरान आइपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ । त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने बताइएको छ ।
बसपार्क अवलोकन पश्चात् प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मेयर सचिवालयले जनाएको छ । यसै गरी धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले भोली सार्वजनिक बिदा दिएको छ ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ