शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अभिनेता जोन अब्राहम दम्पतीलाई कोरोना संक्रमण

सोमबार, १९ पुस २०७८, १७ : ५४
सोमबार, १९ पुस २०७८

अभिनेता जोन अब्राहम कोरोना संक्रमित भएका छन् । जोनका साथै उनकी पत्नी प्रियामा पनि संक्रमण देखिएको छ । जसको जानकारी जोनले आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । ‘तीन दिन पहिले म एक ब्यक्तिको सम्पर्कमा आएको थिए’ उनले इन्स्टाग्राममा लेखेका छन् ‘पछि मात्र थाहा भयो उनी कोरोना संक्रमित रहेछन् ।’ पत्नी प्रिया र आफु होम क्वारेन्टाइनमा बसेको समेत उनले बताएका छन् । 

अहिले आफुलाई हल्का फुल्का लक्षण मात्र देखिएको  उनले बताएका छन् । आफुहरु भने कसैको सम्पर्कमा नआएको बताएका उनले सबैलाई सुरक्षित रहन अनुरोध समेत गरेका छन् । बलिउडमा हालै निर्देशक राहुल रवैल, नोरा फतेही, मृणाल ठाकुर, अर्जुन कपुर लगायत केही सेलिब्रेटीमा कोरोना देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप