राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले दियो प्रचण्डलाई जिम्मा
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको चयन गर्ने जिम्मेवारी आजै पुनः अर्को कार्यकालका लागि चयन भएका प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीमा केन्द्रीय कमिटी बाहेक अर्को संयन्त्र तत्काल नभएकाले अध्यक्षलाई नै उम्मेदवार चयनको जिम्मेवारी दिएको बताए । प्रचण्डले आवश्यक परामर्शपछि मंगलबारसम्म ५ उम्मेदवारको टुंगो लगाउने छन् ।
सोमबार बिहानको सत्ता गठबन्धन बैठकमा माओवादीले ५ सिट पाउने सहमति भएको थियो । सहमतिअनुसार माओवादीले ५ उम्मेदवार उठाउन पाउनेछ भने त्यसमा गठबन्धनका अरु दलको समर्थन रहनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराउने कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण