शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले दियो प्रचण्डलाई जिम्मा

सोमबार, १९ पुस २०७८, १७ : ५१
सोमबार, १९ पुस २०७८

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको चयन गर्ने जिम्मेवारी आजै पुनः अर्को कार्यकालका लागि चयन भएका प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो । 

माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीमा केन्द्रीय कमिटी बाहेक अर्को संयन्त्र तत्काल नभएकाले अध्यक्षलाई नै उम्मेदवार चयनको जिम्मेवारी दिएको बताए । प्रचण्डले आवश्यक परामर्शपछि मंगलबारसम्म ५ उम्मेदवारको टुंगो लगाउने छन् । 

सोमबार बिहानको सत्ता गठबन्धन बैठकमा माओवादीले ५ सिट पाउने सहमति भएको थियो । सहमतिअनुसार माओवादीले ५ उम्मेदवार उठाउन पाउनेछ भने त्यसमा गठबन्धनका अरु दलको समर्थन रहनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराउने कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप